You are viewing the translated version of जीवनाशक विषादीको पुन.
Section 6
जीवनाशक विषादीको पुन
पञ्जीकरण: (१) दफा ५ को उपदफा (१) को खण्ड (क),
(ग),
(ङ) र (च) का अवस्थामा बाहेक पञ्जीकरण प्रमाणपत्रको मान्यता समाप्त भएपछि पनि त्यस्ता जीवनाशक विषादीको प्रयोग गर्नु पर्ने आवश्यकता भएमा दफा ३ बमोजिम पञ्जीकरण गर्ने व्यक्ति, संस्था वा निकायले पुनः पञ्जीकरणको लागि केन्द्र समक्ष निवेदन दिनु पर्नेछ।
(२) दफा ५ को उपदफा (१) को खण्ड (ख) को आधारमा पञ्जीकरण खारेज वा निलम्बन भएका जीवनाशक विषादीको हकमा त्यस्तो अवस्था विद्यमान नभएको आधारमा पुनः पञ्जीकरण गरी प्रयोग गर्न उपयुक्त हुने कुनै व्यक्ति, संस्था वा निकायलाई लागेमा पुनः पञ्जीकरणको लागि केन्द्र समक्ष निवेदन दिन सक्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम केन्द्र समक्ष पेश हुन आएको निवेदनको सम्बन्धमा आवश्यक छानबिन गर्दा तोकिए बमोजिमका आधारमा पुनः पञ्जीकरण गर्न उपयुक्त हुने देखिएमा केन्द्रले त्यस्तो जीवनाशक विषादीको पुनः पञ्जीकरण गरी प्रमाणपत्र प्रदान गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिम प्रदान गरिएको प्रमाणपत्रको अवधि तीन वर्षको हुनेछ।
(५) जीवनाशक विषादीको पुनः पञ्जीकरण गर्ने आधार, सोको लागि लाग्ने शुल्क तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।